आदर्श गाउँपालीकाद्धारा १० दिने  सिप बिकास तालीम  सम्पन्न

रश्मि कुवँर -डोटीको आदर्श गाउँपालीकाले  दश दिने  सिप बिकास एडभान्स तालीम  सम्पन्न गरेको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा गरीबि निवारणकालागी  लघु उधम बिकास कार्यक्रम मेड्पा अन्र्तगत वडा न ५ मा छोटो अवधीको  १० दिने चप्पल बनाउने  सिप बिकास तालीम सोमबार सम्पन्न गरीएको आदर्श गाउँपालीकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताउनुभयो । महिलाहरुको सिप बिकास तथा क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले गाउँपालीकाका महिलाहरुका लागी  १० दिने चप्पल बनाउने  सिप बिकास तालिम सम्पन्न भएको हो ।


तालिम समापन कार्यक्रमका सभापती वडा न ५ का वडा अध्यक्ष  उत्तम सिँहले पालीकाले गरेको लगानीको राम्रो प्रतिफल आएमा महिलाहरुको सिप बिकास गरी आयआर्जन गर्नकोे लागी  थप बिभिन्न कार्यक्रम ल्याईने बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले महिलाहरु घरायसी काममा सिमित हुने भएकाले परनिर्भर हुनु परेको बताउनु भयो ।  उहाँले सिकेको सिपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिक स्तर उकास्न मद्धत मिल्ने भन्दै अबको समयमा सिकेको सिपलाई ब्यबहारमा उतार्न आबश्यक रहेको बताउनुभएको छ ।
सिपको माध्यमबाट आर्थिक आयआर्जन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी गाउँपालीकाले निरन्तर प्रयास गरिरहेको बताउदै यस्ता सिप बिकास कार्यक्रम बेलाबेलामा सञ्चालन गरीने बताउनु भयो ।यस्तै, कार्यक्रमका बिशिष्ट अतिथि तथा गाउँपालीकाका प्रमुख प्रसासकीय अधिकृत पदम राज अवस्थिले  तालिमबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा टेवा पुराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलाहरु सामाजिक, आर्थिक र राजनैतिक रुपले पछाडि परेको बताउदै आफुले सिकेको सिपलाई सहि रुपमा कार्यान्वयन गरी आर्थिक स्तर बृद्धि गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ ।तालिममा सहभागीहरुले तालिमले आफुहरुमा भएको सिप तथा क्षमतालाई उजागर गरेको र व्यवसायिक सोचको विकास गरेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

डडेल्धुरामा बस दुर्घटना ः चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा - डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट