डोटीबाट  तीन हजार बढी बिद्यार्थिले एसइई दिदै

कृष्ण चन्द डोटी  - यस वर्ष डोटीबाट  माध्यमिक शिक्षा परीक्षा (एसइई) तीन हजार दुई सय ९७ जना बिद्यार्थिले दिने भएका छन । १२ परीक्षा केन्द्र रहेको डोटीमा  नियमित तर्फ छात्र एक हजार ६ सय १३, छात्रा एक हजार ६ सय ८४ गरेर जम्मा तीन हजार दुई सय ९७ जना बिद्यार्थिले माध्यमिक शिक्षा परीक्षा (एसइई)  दिने शिक्षा बिकास तथा समन्वय डोटीले जनाएको छ ।
यस्तै ग्रेड बृद्धी तर्फ ५८ जना,र प्राबिधिक धारतर्फ जम्मा १४१ बिद्याथिर्ले (एसइईमा सहभागीता जनाउने प्रमुख भट्ले बताए का छन ।
जिल्ला भरी केन्द्राअध्यक्ष २३ जना, शिक्षक १६८ जना, सायक कर्मचारी ३५ जना,सहयोगी ६८ जना गरी जम्मा ४८५ जना कर्मचारी खटाइएका छन ।  परीक्षा भोलि (विहिबार) बिहानदेखि डोटी जिल्लाका सबै परीक्षा केन्द्रहरुमा एकैसाथ परीक्षा सुरु हुने छ ।
 सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउनेलगायत काम सकिएको शिक्षा बिकास तथा समन्वय डोटीले जनाएको छ ।

परिक्षार्थीहरुलाई भयरहित वातावरणमा निर्धक्क र शान्तिपूर्ण वातावरणमा परीक्षामा सहभागी हुन शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भट्टले आग्रह गर्नुभएको छ । परिक्षार्थीहरुलाई परीक्षा दिन जाँदा साथमा मोबाइल, डिजिटल क्यालकुलेटर नलगिदिन समेत भट्टले आग्रह गर्नु भएको छ ।
 

प्रतिकृया दिनुहोस

डोटीमा सौताको हत्या आरोपमा एक महिला पक्राउ

डोटी = सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका वडा नम्बर

दिपायल सिलगढी नगरपालिका–२ चौथो बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि

सेती नदिमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी - नुहाउने क्रममा सेती नदिमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार