डोटीमा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु

डोटी,डोटीमा मोटरसाइकलको ठक्करबाट एकजना बृद्ध महिलाको मृत्यु भएको छ । जिल्लाको शिखर नगरपालिका वडा नमबर १० बानेडुग्रीसैन स्थित के.आई.सिंह राजमार्गमा दुर्घटना हुँदा स्थानीय ६८ बर्षिय तारा देवी बलायरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

धनगढीबाट दिपायलतर्फ आउँदै गरेको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ घर भएका २६ बर्षिय मोहन बोगटीले चलाएको सु.प.प्र. ०१ ०१३ प ८१२८ नम्बरको मोटरसाइकलले शुक्रबार दिउँसो करिब ३ः२५ बजेको समयमा बाटो काट्ने क्रममा पैदल यात्री बलायरलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट उनको टाउको, खुट्टा तथा अनुहारमा चोट लागेकाले उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पठाइएको र उपचारको क्रममा  उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

डोटीमा जीप दुर्घटना हुँदा चार जना घाइते, चारै जना धनगढी रिफर

फाल्गुन १०, डोटी :डोटीको बोगटानमा आइतबार जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।बोगटान फुड्सिल गाउँपालिका ३ कानाचौरबाट दिपायल तर्फ आउँदै गरेको

जिनियस इन्टरनेशनल ऐकेडेमीको श्रीपंञ्चमी तथा अक्षरारम्भ कार्यक्रम भव्य रूपमा सम्पन्न

  रश्मि कुँवर, १० माघ, डोटी :जिनियस इन्टरनेशनल ऐकेडेमी स्कुल सिलगढी डोटीले भब्य कार्यक्रमको आयोजना गरेर ‘श्रीपंञ्चमी’ तथा अक्षरारम्भ समारोह

एसइई डोटी टपर कञ्चन पालीलाई ‘डा.हेमराज जोशी स्मृति पुरस्कार

 डोटी : गत वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा डोटी जिल्ला टपर छात्रा कञ्चन पाली ‘डा.हेमराज जोशी स्मृति पुरस्कार’बाट पुरस्कृत भएकी छन्