बृहत् योग विज्ञान शिविर डोटीको बोगटान फुड्सिल गाउँपालिकामा  सम्पन्न

 

रश्मि कुँवर,डोटी:“सिङ्गो पृथ्वी र मानव स्वास्थ्यको लागि योग “ भन्नेमुल नाराका साथ ११औ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बृहत् योग विज्ञान शिविर डोटीको बोगटान फुड्सिल गाउँपालिका को चवराचौतारामा  सम्पन्न भएको छ।असार १० गतेका बाट सुरुभएको योग विज्ञान शिविर बिहीबार सम्पन्न भएको हो

बदलिँदो जीवनशैली,रहनसहन तथा खानपानले अहिले हाम्रो जीवनशैली अस्तव्यस्त छ।शरिरलाई फाइदा नगर्ने खाना, मनलाई दुख हुने शब्द, मस्तिष्कलाई असर पर्ने गरी नराम्रो सोचाईले हामीले आफूले आफैलाई दुःख दिई रहेका छौँ, हाम्रो जीवनशैलीलाई अनुशासित बनाउँछ योग र ध्यानले ।आवश्यक रहेको शानिध्यता शिक्षाविद् तथा अन्तर्राष्ट्रिय योग गुरु आचार्य श्री महेन्द्र वाशिष्ट भट्टराईको भनाई छ। 


योगले शारीरिक रुपमा स्वस्थ्य, मानसिक रुपमा शान्त र अध्यात्मिक चेतनाका साथ जीवन जिउन सिकाउँछ । नियमित आसन, प्राणायम र ध्यानले सकारात्मक सोचको विकास,मानसिक शान्ति,कार्य क्षमतामा वृद्धि र आत्मज्ञान प्राप्ति हुने योग मल्ल खम्ब योग अन्तर्राष्ट्रिय खेलाडी कोच तथा जज डा.शान्ति दूध योगयात्री विष्णु ब.खड्का ले बताएका छन् । 
यसै गरी सर्वप्रथम त आफुले योग गरौ अनि त्यो संदेश समाजका लागि दिउ भन्ने  उदेश्यले  शिविरको आयोजना गरीएको गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनु भयो। साथै अध्यक्ष गड्सिलाले नियमित योग अभ्यासबाट ध्रुमपान तथा मध्यपानको लतलाई हटाउन सकिने कुरामा जोड दिदै सिकेको ज्ञान शिक्षकका माध्यमबाट सम्पुण विधालय हुदै घरघरमा सम्म  पुग्ने भयकाले शिक्षकहरुलाई सहभागीता  गराएको बताए।
असार १० गतेका बाट सुरुभएको योग विज्ञान शिविर गाउपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विधालयबाट १० जना र आधारभुत तह (१–८)सम्मका विधालयका ३जना शिक्षक गरि जम्मा १३ जना शिक्षकहरुको  सहभागीता  रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

नेपाल रेडक्रस सोसाइटीको  ६३औंँ स्थापना दिवस दिवसमा बिरामीलाई फलफूल बितरण

नेपाल रेडक्रस सोसाइटीको ६३औंँ स्थापनास्थापना दिवसको अवसरमा डोटी शाखाले जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ

तिज पर्वका अवसरमा नि स्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सुजङ्ग अस्पताल

रश्मि कुवँर डोटी: डोटीको   राजपुरमा रहेको सुजङ्ग अस्पताल राजपुरले नि शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। नेपाली नारीहरूको महान पर्व

डेङ्गीे नियन्त्रणको लागि सिलगढीमा सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम

रश्मि कुँवर,६असार,डोटी : डेङ्गी लगायत किटजन्य रोगहरुको नियन्त्रणको लागि सिलगढीमा सरोकारवालासँग अभिमुखिकरण कार्यक्रम गरिएको छ । दिपायल सिलगढी