बालबालिकाहरूको नेतृत्व विकासका लागी दुई दिने फोरम सिलगढीमा सम्पन्न

 

सुबास नेपाली ,बालबालिकामा हुने बाल शोषण ,हिंसा,बाल बिबाह ,लागू औसध दुर्ब्यसनी रोक थाम तथा बाल अधिकार सुनिश्चित गराउने उदेश्यले डोटीको सिलगढिमा जिल्ला स्तरीय बालबालिकाहरूको नेतृत्व विकास फोरम कार्यक्रमको आयोजना गरिएको छ।

जिल्ला समन्वय समिती डोटीको समन्वय तथा समान पहुँच बिकास केन्द्र र वर्ड भिजन इन्टरनेशनल नेपालको आयोजनामा २ दिने कार्यक्रमको आयोजना गरिएको हो।
जिल्लाका ९ वटै पालिकाका बाल क्लब हरुको सहभागिता रहेको कार्यक्रममा पहिलो दिन बालबालिकाहरुमा रहेका अन्तरनिहित प्रतिभाहरु प्रस्तुत गरिएको थियो भने दोस्रो दिन बालबालिकाहरुले भोग्दै आएका समस्या सम्बन्धी स्थानिय पालिका प्रमुख,प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख ,समन्बय प्रमुख र प्रदेश सांसद संगको सम्बाद कार्यक्रम  र बाल अधिकार सुनिश्चित गर्न स्थानिय तहहरुले लगायत सरोकार वालाहरुले गर्न सकिने सहयोग सम्बन्धि अन्तरक्रिया गरिएको थियो।

कार्यक्रम सहभागी बालबालिकाहरुले भोग्दै आएका समस्याका बारेमा समस्या तथा जिज्ञासा राखेका थिए भने समस्या र जिज्ञासाको सम्बन्धित निकायका प्रमुखले जबाफ दिएका थिए।
कार्यक्रममा बोल्दै डोटी जिल्लाबाट सुदुर पश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने  प्रदेश सभा सदस्य शिव सिंह ओलिले बालबालिका भोलिको देश संचालन गर्ने शक्ति भएका कारण उनिहरुका शिक्षा ,स्वास्थ्य लगायत  बाल अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको र प्रदेश सभामा पनि बालबालिकाका माग सम्बन्धी आवाज उठाउने बताउनुभयो।

 

प्रतिकृया दिनुहोस

असोज ३ गते डोटीमा साहित्य उत्सवको आयोजना

 डोटी  -डोटीमा असोज ३ गते साहित्य उत्सब सञ्चालन हुने भएको छ । सुदूरपश्चिमका सर्जक सृष्टाहरुको प्रस्तुतीमा  आधारीत डोटी साहित्य उत्सव २०८१ आयोजना

बझाङको बुङ्‍गलमा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता , ५ जनाको जिवितै उद्दार !

 बझाङको बुङ्‍गल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् । गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

डोटी - वर्षा ऋतुको बिदाइ यसको सङ्कट मोचनको खुसीयाली स्वरूप आज सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै छ। भदौ १ गतेलाई ओल्के सङ्क्रान्तिको उपमा दिएर