बाख्रापालक किसानलाई बिभिन्न प्रजातीका  घाँसका बिरुवा बितरण 

गंगा पार्की डोटी  - बाख्रापालक किसानलाई डाले तथा भुइँ  घासका बिरुवा बितरण  गरीएका छन । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले डोटी जिल्लाको  शिखर नगरपालिका  वडा न  ४ , ५ र दिपायल सिलगढी ८ का  बाख्रापाल किसानलाई  विभिन्न प्रजातिका डाले तथा भुइँ  घासका बिरुवा बितरण गरेको छ । 

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भैरहेको एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  शिखर नगरपालिका वडा न ४,५ र दिपायल सिलगढी वडा न ८ मा बाख्रा पालन गर्दै आएका  करिव १०० जना कृषकलाई डिभिजन  वन  कार्यालय  डोटी र सव डिभिजन वन कार्यालय  दुर्गामाण्डौ सङ्ग समन्वय गरि डाले घाँस अन्तरगत किम्बु, इपिल बकाइनो , भिमल,च्युरी,लहरे पिपल  र जिल्ला बाहिर  घाँस फार्म बाट रेड नेपियर, सुप्र नेपियर, स्मार्ट नेपियर , बदामे, भट्टमासे, सुम्बास्टेरिया प्रजातिका भुइँ  घासका बिरुवा खरिद गरि किसानलाई  बितरण गरिएको एकीकृत सामुदायिक बिकास परियोजनामा कार्यरत  कृषी प्राबिधिक निरज बोगटीले बताए 

साथै  उनले   डाले तथा भुइँ  घाँस बितरणले कृषक बर्गमा  हिउद र  जेठ असारमा हुन्ने घासको समस्या कम हुनुका साथै बितरण गरिएका घाँसहरु  पोषकयुक्त्त भएकाले तिनको प्रयोग बाट बाख्रापालन  ब्यवसाय अझै फ्स्टाउने  अपेक्षा रहेको  जानकारी गराउनु भयो । 


परियोजना बाट  लाभान्वित कृषकहरुले  परियोजना बाट उपलब्ध  गरिएको  डाले तथा  भुइँ  घाँस का बिरुवाले  आफुहरुलाई  निकै राहत पुगेको  र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले   बाख्राको संख्या  बढाउनुका साथै  व्यवसायलाई पनि  वृद्धि  गर्दै लैजाने बताएका छन ।
 

प्रतिकृया दिनुहोस

आज माघेसङ्क्रान्ति पर्व मनाइँदै

डोटी आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ

डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै

डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण

जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण

रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा  जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण