आदर्श गाउँपालीकाद्धारा १० दिने सिप बिकास तालीम सम्पन्न
रश्मि कुवँर -डोटीको आदर्श गाउँपालीकाले दश दिने सिप बिकास एडभान्स तालीम सम्पन्न गरेको छ । गाउँपालीकाको आर्थिक सहयोग तथा गरीबि निवारणकालागी लघु उधम बिकास कार्यक्रम मेड्पा अन्र्तगत वडा न ५ मा छोटो अवधीको १० दिने चप्पल बनाउने सिप बिकास तालीम सोमबार सम्पन्न गरीएको आदर्श गाउँपालीकाका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले बताउनुभयो । महिलाहरुको सिप बिकास तथा क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले गाउँपालीकाका महिलाहरुका लागी १० दिने चप्पल बनाउने सिप बिकास तालिम सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रमका सभापती वडा न ५ का वडा अध्यक्ष उत्तम सिँहले पालीकाले गरेको लगानीको राम्रो प्रतिफल आएमा महिलाहरुको सिप बिकास गरी आयआर्जन गर्नकोे लागी थप बिभिन्न कार्यक्रम ल्याईने बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले महिलाहरु घरायसी काममा सिमित हुने भएकाले परनिर्भर हुनु परेको बताउनु भयो । उहाँले सिकेको सिपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिक स्तर उकास्न मद्धत मिल्ने भन्दै अबको समयमा सिकेको सिपलाई ब्यबहारमा उतार्न आबश्यक रहेको बताउनुभएको छ ।
सिपको माध्यमबाट आर्थिक आयआर्जन गरी महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी गाउँपालीकाले निरन्तर प्रयास गरिरहेको बताउदै यस्ता सिप बिकास कार्यक्रम बेलाबेलामा सञ्चालन गरीने बताउनु भयो ।यस्तै, कार्यक्रमका बिशिष्ट अतिथि तथा गाउँपालीकाका प्रमुख प्रसासकीय अधिकृत पदम राज अवस्थिले तालिमबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा टेवा पुराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलाहरु सामाजिक, आर्थिक र राजनैतिक रुपले पछाडि परेको बताउदै आफुले सिकेको सिपलाई सहि रुपमा कार्यान्वयन गरी आर्थिक स्तर बृद्धि गरी आत्मनिर्भर बन्न आग्रह गर्नुभएको छ ।तालिममा सहभागीहरुले तालिमले आफुहरुमा भएको सिप तथा क्षमतालाई उजागर गरेको र व्यवसायिक सोचको विकास गरेको बताएका छन् ।
डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै
डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
प्रतिकृया दिनुहोस