डोटीको बुडरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,

 डोटी =दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना भएको छ।दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौली देवी धामीको घटना स्थलमै र लेकम गाउँपालिका–४ कै ३ वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई बताए । सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिकै दुर्घटना भएको हो।

 चालकसहित ७ जना घाइते भएका छन्।  घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन्।

त्यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन्। घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ

डोटी -डोटीका एक जना लागूऔषधसहित डडेल्धुराबाट पक्राउ परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका–१ चपरचानीबाट डोटीको जोरायल गाउँपालिका–३ चनकट्टे

बोगटानका स्थानिय अझै सोलार र टुकीको भरमा

डोटीः डोटी जिल्लाको स्थानीय क्षेत्र बोगटानका बासिन्दाहरू आज पनि सोलार र टुकिको भरमा रात काट्न बाध्य छन्। विद्युत् सेवा नपुगेको यस क्षेत्रमा आधुनिक

बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना

डोटी  बोगटान फुड्सिल गाउँपालिकामा आँखा उपचार केन्द्रको स्थापना भएको छ । बोगटान फुड्सिल गाउँपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपालद्वारा