डोटीको बुडरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,
डोटी =दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना भएको छ।दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परि दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौली देवी धामीको घटना स्थलमै र लेकम गाउँपालिका–४ कै ३ वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराई बताए । सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिकै दुर्घटना भएको हो।
चालकसहित ७ जना घाइते भएका छन्। घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की रहेका छन्।
त्यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी घाइते भएका छन्। घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
डोटीमा ‘पद्म पब्लिक प्रिमियिर कप–२’ आउँदो माघ १६ देखि आयोजना हुदै
डोटी :डोटीमा ‘जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता २०८१’ आयोजना हुने भएको छ । जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण
जाडोमा अपांगता तथा जेष्ठ नागरिकलाई कम्बल वितरण
रश्मि कुवँर डोटी: डोटीको दिपायल सिलगढी नगरपालीका वडा नं ९ कलेनामा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न र पांगता भयका नागरिकलाई न्यानो कम्बल वितरण
बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु
डोटी- बझाङमा छुट्टै छुट्टै ठाउँमा भएका जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जीप सडकबाट
प्रतिकृया दिनुहोस