दिपायल सिलगढी नगरपालिका–२ बालश्रम मुक्त वडा घोषणा

कृष्ण चन्द डोटी   डोटीको दिपायल सिलगढी नगरपालिका वडा न २ आज बालश्रम मुक्त वडा घोषणा भएको छ । बालश्रम मुक्त नगर घोषणा गर्ने लक्ष्यका साथ २०७५ सालदेखि बालश्रम मुक्त अभियान सञ्चालन गरिरहेको नगरपालिकाले आज एक समारोहकाबीच आज (मंगलबार) चौथो बालश्रम मुक्त वडा घोषणा गरेको हो । बालश्रम मुक्त वडा घोषणापूर्ब वडामा विभिन्न किसिमका अभियान सञ्चालन गरिएका थिए।


बालश्रम मुक्त वडा घोषणा गर्दै दिपायल सीलगढी नगरपालीकाका प्रमुख बाजी सिँ खडकाले  बालबालिकालाई श्रममा लगाउनु कानुनी रुपमा दण्डनीय र सामाजिक निन्दनीय भएको बताए । नगरपालिकाभित्र अझै पनि बाल श्रमिकहरु रहेको हुन सक्ने बताउदै खडकाले प्रभावकारी अनुगमन हुनुपर्ने बताए


उनले  बालश्रम मुक्त बनाउने अभियान प्राथमिकताका साथ अघि बढाइएको बताएका छन । बालश्रम मुक्त गर्ने अभियानमा सहयोग गर्ने सबैलाई वडा न २ वडा अध्यक्ष राजेन्द्र खडकाले धन्यवाद दिएका छन । बालश्रम निवारण राष्ट्रिय रणनीतिले तोकेका सूचकहरु पूरा भएपछि वडालाई बालश्रम मुक्त घोषणा गरिएको अध्यक्ष खडकाले जानकारी दिए ।

नेपालको कानुन अनुसार १८ वर्ष मुनीकालाई बालबालिका जनाइए पनि १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा लगाउन नपाईने कानुनी ब्यबस्था रहेको छ  ।

 साथै उक्त कार्यक्रममा वडा भित्र रहेका कर्मचारी, शिक्षक, शिक्षीका, जनप्रतिनिधि,  स्वास्थ्यका कर्मचारी, लगाएतको म्यादी बिमा गरीएको फाईल हस्तान्तरण गरीएको छ । आज भन्दा केहि समय पहिला उनिहरुको म्यादी बिमा गरीएको थियो ।
 

प्रतिकृया दिनुहोस

सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृहको परिपत्र

माजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । 'गु'को

४२ औँ बीपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा