सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं. ३  बस्ने अन्दाजी वर्ष ३८/४० को नर बहादुर तामाङ रहेका छन्।

शिखर नगरपालिका वडा नं ८ लुवाखडी स्थित सेती नदीमा नुहाउने क्रममा सोमबार दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जनाएका छन् ।धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ ज १५३४ नं. को अल्टो कार लुवाखडी स्थित सडकमा रोकी सेती नदिको किनारमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।अहिले नेपाल प्रहरी, स्थानवासीको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै,

गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर

संसदमै भिड्ने कांग्रेस-एमालेको तयारी

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे गरी बोलाइएको छ। त्यस्तै राष्ट्रिय सभाको बैठक एक बजे बस्ने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने भएका छन् ।  आज बिहान १०ः३० बजे बस्ने सुदूरपश्चिम प्रदेशसभाको बैठकमा