पुर्वीचौकीमा एक दिने पशु स्वास्थ्य शिबिर सम्पन्न 

निरज बोगटी  डोटीको पुर्वीचौकी गाउँपालिकामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर  सम्पन्न गरीएको छ । सामुदायिक बिकास मञ्च सिडिएफ नेपाल डोटीले पुर्वीचौकी गाउँपालिका  वडा न ७ पोखरीका   किसानलाई  मध्यनजर गरि संयुक्त रुपमा  एक दिने निशुल्क पशु स्वास्थ्य शिविर  संचालन गरेको हो ।\


 सम्पन्न शिविरबाट १५०  भन्दा बढी  किसान परिवार लाभान्वित भएका छन् भने  करिव १०० भन्दा बढी पशुचौपायाको उपचार तथा  एक हजार बढी पशुचौपायाको लागि विभिन्न रोगको औषधि बितरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेसनल नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग  र सामुदायक बिकास मन्च सिडिएफ नेपाल डोटीको साझेदारी मार्फत कार्यान्वयन भैरहेको एकीकृत सामुदायिक बिकास परियोजनाले आफ्नो  कार्यक्षेत्र भित्र पर्ने  पुर्वीचौकी गाउँपालिका वडा न ७ का  विभिन्न गाउँबस्तीका  किसानलाई  मध्यनजर गरि   पुर्वीचौकी गाउँपालीका सङ्ग समन्वय गरि संयुक्त रुपमा पालिकाको   वडा न ७ गजडामा   एक दिने पशु स्वास्थ्य शिबिर सन्चालन गरेको हो ।

 

शिविरमा आन्तरिक परिजीवि ,बाहिरी परिजीवि , झाडापखाला , रुघाखोकी , पाचनकृया समस्याबाट ग्रसित  खसी बाख्रा लगायत पशुहरुको निशुल्क उपचार गरिनुका साथै शिविरबाट किसानहरुलाई पशुहरुमा लाग्ने रोगहरुको बारेमा जानकारी दिएको र पशुरोगबाट बच्ने उपायबारे परामर्स  दिनुका साथै  बाह्य र आन्तरिक परजिविका कारण लाग्ने रोगविरुद्धका औषधि वितरण गरिएको  परियोजनामा कार्यरत  कर्मचारी  निरज बोगटीले बताए। यस्का साथै  शिविरबाट सेवा पाएका  कृषकहरुले  शिविर बाट प्राप्त  औषधि , परामर्श  र विभिन्न सेवाहरुले  आफुहरुलाई  निकै राहत पुगेको  र आगामी दिनमा पनि यस्तै सहयोग मिलेमा आफुहरुले पशुपालन व्यवसायलाई  निरन्तरता दिइरहने कृर्षकहरुको भनाइ छ ।

प्रतिकृया दिनुहोस

रौतहटमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गयो

रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । बाराको गढीमाईमा भइरहेको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किदै गरेको जीप दुर्घटनामा

डोटीका उच्च लेकाली भेगमा हिमपात हुदै,

डोटी- पहाडी जिल्ला डोटीमा गएरातिदेखी हिमपात शुरु भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै भारी वर्षाका कारण डोटीका लेकाली

पूर्वीचाैकी - ६ मा नेपाली कांग्रेसका माेहन थापा विजयी

डाेटी -डाेटीकाे पूर्वीचाैकी गाउँपालिका वडा नम्बर ६ गाँजरीकाे वडाअध्यक्ष पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार माेहन थापा विजयी भएका