आईजीपी शैलेन्द्र खनाल भन्छन्–‘सशस्त्र प्रहरीमा आकर्षण छ, तर तल्लो तहमा जागिर छाड्ने क्रम देखिएको छ’

२७ असार, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बललाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी सीमा सुरक्षा पनि हो । तर, उत्तरी सीमामा अहिलेसम्म सशस्त्र प्रहरी पुग्न सकेको छैन । दक्षिणी सीमानामा पनि सुरक्षाको स्थिति बलियो हुन नसकेको बेलाबखतका घटनाक्रमहरुले देखाइरहेका छन् ।

सशस्त्र प्रहरी बलका प्रमुख आइजीपी शैलेन्द्र खनाल भन्छन्, ‘हामीले अहिले उत्तरी क्षेत्रमा पनि कार्यालय विस्तार गर्दैछौं ।’ उत्तरी सीमामा १५ वटा बोर्डर आउट पोस्ट राख्ने योजना रहेको उनले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस