अध्यक्ष युवा स्वरोजगार कार्यक्रममा अध्यक्ष खड्काको मनपरि ( अडियो सहित )

बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रममा मनपरि गरेका छन ।

गाउँपालिकाको आर्थिक बर्ष २०७५।७६ मा सँचालीत अध्यक्ष युवा स्वरोजगार कार्यक्रममा गाउँपालिका अध्यक्ष खड्काले मनपरि गरेका हुन । अध्यक्ष युवा स्वरोजगार कार्यक्रम अन्र्तगत सँचालित ब्लक ईट्टा निर्माण सम्बन्धी तालीम र आधारभुत कम्प्युटर तालीममा गाउँपालिका अध्यक्ष खड्काले आफु निकटका व्यक्तिहरुलाई मात्र सामेल गरेका छन ।

ब्लक ईट्टा सम्बन्धी तालीम र आधारभुत कम्प्युटर तालीमका लागी दरखास्त पेश गर्न जारी गरिएको सुचना गाउँपालिकाको सुचना पाटिमा दरखास्त दिने अन्तिम मितिमा टाँस गरेको भेटिएको छ भने तालीमका बिषयमा गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्ष समेत बेखवर रहेको पाईएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका वडा अध्यक्ष कृष्ण कडायतले गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका बिषयमा आफु बेखवर रहेको बताउनुभयो ।

उहाँका अनुसार तालीममा सहभागीता जनाउनका लागी वडा कार्यालयसँग कुनै पनि समन्वय गरिएको छैन भने सहभागीता जनाउनेहरुका लागी वडाको सिफारीस समेत माग गरिएको छैन ।
गाउँपालिका अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका बिषयमा सोध्दा वडा अध्यक्ष कडायतले तालीमका बिषयमा आफु बेखवर रहेको बताउदै राजनितिक पुर्वाग्राहि ढँगबाट तालीमका बिषयमा आफुलाई बेखवर बनाईएको बताउनुभयो ।

२५ लाख बजेट मध्यबाट तालीम सँचालन हुने बारे गाउँपालिकाको वेभसाईट तथा सामाजीक सँजालमा पनि कुनै सुचना प्रकाशन गरिएको छैन भने कुनै पनि सँचारमाध्यबाट समेत सुचना प्रशारण तथा प्रकाशन गरिएको छैन ।

गाउँपालिकाका बेरोजगार युवालाई सिपमुलक तालीम प्रदान गरि स्वरोजगार बनाउने महात्वकाँक्षी योजना बोकेको अध्यक्ष युवा स्वरोजगार तालीममा सहभागीता जनाउनेबारे सुचना किन लुकाईयो तथा टाँस गरिएको सुचना दरखास्त पेश गर्ने अन्तीम दिनमा मात्रै किन प्रकाशित गरियो ? यो बिषय गम्भीर बनेको छ ।

यता गाउँपालिका उपाध्यक्ष साउँदले समेत अध्यक्ष युवा स्वारोजगार तालीमका बिषयमा आफुसँग कुनै पनि सहकार्य नभएको खुलासा गर्नु भएको छ । गाउँपालिकाको २५ लाख लागतमा सँचालन गरिएको अध्यक्ष युवा स्वरोजगार कार्यक्रमका बिषयमा आफुसँगै कुनै पनि सहकार्य नभएको बताउदै उहाँले यस बिषयमा असन्तुन्टि जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस