About us

रेडियो डोटी ९८.५ मेगाहर्ज
सिलगढी, डोटी

हाम्रो बारे: नेपालमा पछिल्लो समयमा सञ्चारको बिकास दिनानु दिन बढी रहेको छ । यो क्रम सुदूरपश्मिमा पनि तिब्र रुपमा अगाढी बढीरहेको छ । भौगोलीक बिकटता, यातायातका साधनको पहुच नहुनु, बिद्युतको असुबिधा, जनचेतनामा कमी लगायतका आदी कारणले नागरीक सञ्चारका सम्पुर्ण माध्यमबाट सञ्चार सुबिधा पाइरहेका छैनन् । यस अबस्थामा नागरीकले सर्बसुलभ रुपमा रेडियोको प्रयोग गरी सञ्चारको पहुचमा पुगेको पाइएको छ । भौगोलीक बिगटताका कारणले रेडियो सबै भन्दा बढी प्रभाबकारी सञ्चार माध्यमको रुपमा स्थापित रेडियो प्रबिधी हो । मानिस काम गर्दागर्दै, बाटोमा हिड्दा हिड्दै, खेतवारीमा हलो जोत्दा जोद्दै पनि सरल तरीकाले रेडीयोको प्रयोग गरीरहेको पाइएको छ । यि काम गरीरहेको अबस्थामा अन्य सञ्चार माध्यमको पहुचमा पुग्न नसक्ने भएकाले पनि अहिले पहाडी भेगका नागरीकहरु रेडियो प्रेमी बनेका छन् । शहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा रेडियोको माग बढी देखीएको छ ।

फलस्वरुप सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम समेत रहेको डोटी जिल्लामा स्थापित फारवेष्ट मिडिया प्रा.ली. द्वारा संचालित रेडियो डोटी ९८.५ मेघाहर्ज एक सुदूरपश्चिमको शसक्त रेडियोको रुपमा २०७२ फाल्गुन २४ गतेबाट आफ्नो प्रशारणको यात्रा आरम्भ गरी संचालनमा रहेको छ । सुदूर र मध्यपश्चिमलाई लक्षित गरी सुरु गरिएको यस रेडियोको प्रसारण सुदूरपश्चिम र मध्यपश्चिमका लाखौ लाख श्रोताहरु माँझ सुनाउन सफल भईरहेका छौं । सञ्चार विकासको संवाहक हो, सकारात्मक सोच लिएर अगाडी बढे हरेक समाजको सवाङ्गीण विकासलाई गति दिन सकिन्छ भन्ने मान्यताका साथ अगाडी बढेको रेडियो डोटी सुदूरका जनताका विचार यस क्षेत्रको कला संस्कृति, पर्यटकीय संम्भावनाहरुको खोजी तथा प्रचारप्रसारको माध्यम बनि रहेको छ । सुदूरको विकासलाई गति दिने तथा संबिधान प्रदत्त जनताको सू–सुचित हुने हकका पक्षमा सदा लडिरहने मिसनका साथ अगाडी बढिरहेको रेडियो डोटीको विकासका लागि यहाँको अमूल्य सहयोग, सल्लाह, सुझाव तथा सद्भावको आशा र अपेक्षा हामीले गरेका छौ ।

यस रेडियो स्थापना संचारकर्मीको प्रयासवाट भएको भएता पनि यसका वास्तविक मालिक भनेका सम्पूर्ण श्रोता, विज्ञापनदाता तथा शुभचिन्तकहरु नै हुन् । केन्द्रिकृत राज्य व्यवस्थाका कारण मोफसलमा पत्रकारिताको बर्तमान अवस्थामा सबैतिर अत्यन्त चुनौती रहेको अवस्थामा रेडियो डोटी संचालनमा पनि अत्यन्तै चुनौतीपूर्ण अबस्थाको सामना गर्नु परेको थियो । राज्यले मोफसलको पत्रकारिता बिकासमा आवश्यक नितिको अभाव, बिज्ञापनको साँधुरो क्षेत्र तथा आर्थिक सामाजिक रुपमा पिछडिएको क्षेत्र हाम्रा मुख्य चुनौती हुन तथापी जनताको सु–सुचित हुने अधिकार तथा यस क्षेत्रको समग्र बिकासमा योगदान पुर्‍याउनु, ग्रामिण क्षेत्रमा सुचनाको पहुँच पुर्‍याउन सचेत नागरिकको कर्तब्यको रुपमा युवा वर्गको पहलमा रेडियो स्थापना गरीएको हो । आगामी दिनमा यस रेडियोलाई सुदुरपश्चिमको एक शसक्त संचार माध्यमका रुपमा विकाश गर्न हाम्रो ध्यान जाने छ ।

रेडियो स्थापनासँगै हामीले सहकार्य र समन्वयलाई प्रगाड बनाउने उद्देश्यका साथ अहिले, बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कम्पनीहरु र अन्य बिभिन्न सरकारी तथा गैरसरकारी सघं संस्थाहरु सथै बिभिन्न बिज्ञापन एजेन्सीहरु संग सहकार्य र समन्वय गरी रेडियो अगाडी बढ्ने प्रयासमा रहेको छ । सुदूरपश्चिम र मध्यपश्चिमका बिभिन्न जिल्ला सम्म यस रेडियोको प्रभाव क्षेत्र रहेको सम्पुर्णमा जानकारी गराउन चाहान्छौ । सुदूरपश्चिमका डोटी, अछाम, बझाङ, बैतडी, बाजुरा, डडेल्धुरा, कैलालीका पहाडी गाबिसका केही भुभाग मध्यपश्चिममा दैलेख, कालिकोट र सुर्खेत जिल्लामा पनि सुन्निने गरेको पाइएको छ । प्रबिधिको बिकाससँगै रेडियोलाई http://www.radiodoti.com.np र हाम्रो पात्रोबाट पनि संसारभर सुन्ने ब्यबस्था मिलाइएको छ । डोटी जिल्लावाट अत्याधुनिक उपकरण सहित डिजिटल प्रणालीको प्रयोग एवं ४ वटा एन्टेनाको जडान गरी एक सय बिस फिटको टावर जडान गरी सुदुर तथा मध्यपश्चिमका अनुमानित करिव (दश लाख) भन्दा वढी श्रोताहरु माँझ यस क्षेत्रका विकासका संम्भावना, कला, संस्कृतिको जगेर्ना तथा सिमान्तकृत वर्गलाई राज्यको मुलधारमा समाहित गर्न राज्यको ध्यान आर्कषण गराउने एक अभियानताको रुपमा रेडियोलाई स्थापित गर्ने प्रयास गरिरहेका छौं ।

सशक्त रेडियो प्रसारण सेवाका माध्यमले यस क्षेत्रको सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका लागि सामाजिक सरोकारका विषयमा अग्रणी भुमिका निर्वाह गर्ने, सवै समुदाय र वर्ग हितका निम्ती अग्रसर रहने, सवै उमेर समुहको भावनाको कदर गर्दै अगाडी वढ्ने, हरेक एक घण्टामा देश विदेशका ताजा समाचारहरु प्रसारण गर्ने उद्येश्यका साथ रेडियोको प्रशारण यात्रा अगाढी बढीरहेको छ । सुदूरपश्चिम डोटेलीको उद्गम स्थल भएका कारण पनि हामीले डोटेली भाषा, साहित्य, कला र संस्कृतीलाई बिशेष स्थान दिइरहेका छौ । र अहीले रेडियो डोटी ९८.५ मेगाहर्जमा एक दर्जन बढी रेडियो कर्मीहरु कार्यरत छन् भने डोटीका अधिकासं गाबिसमा गाबिस स्तरीय संवाददाताहरु कार्यरत रहेका छन् । डोटेली पत्रकारिताको बिकासका लागी रेडियाले बिभिन्न समयमा पत्रकारीता पेशामा अबद्ध हुन चाहाने हरुका लागी बेलाबेलामा पत्रकारीता तालीमको आयोजना पनि गरीरहेको छ ।

प्रशाण क्षेत्र: फारवेष्ट मिडिया प्राली डोटी द्धारा संचालित पश्चीम नेपालको आवाज रेडियो डोटी ९८.५ मेगाहर्जले मुख्य प्रशारण केन्द्र सिलगढी रहेको यस रेडियोको प्रशारण डोटी जिल्लाको ९८, कैलाली जिल्लाको १५ डडेलधुरा जिल्लाको २०, अछाम जिल्लाको ३०, बझाङ जिल्लाको १५ , बैतडि जिल्लाको १०, सुर्खेत जिल्लाको ५ प्रतिशत भु-भागमा स्पस्ट सुन्न सकिन्छ । स्थापना भएको एक वर्ष पुरा नहुदै यस रेडियोका सबै जिल्लाको सर्बेक्षण अनुसार यस रेडियोका अनुमानित दश लाख नियमित श्रोता रहेको देखीएको छ ।

लक्ष्य: सभ्य समुनत, पारदर्शी, विभेदरहित,सुशासित,लोककल्याणकारी, समतामुलक र सम्वृद्ध समाजको निर्माण गर्ने ।

उद्देश्य:
१. पत्रकारीताको विश्वव्यापी मूल्य र मान्यताको आधारमा तथ्यपूर्ण समाचार संप्रेषण गरी आम नागरिकको सूचनाको हक सुनिश्चित गर्ने ।
२. समसामयिक सूचनामूलक कार्यक्रमहरु मार्फत नागरिकको विश्लेषणात्मक धारणा विकासमा टेवा पु¥याउने ।
३. शिक्षामूलक कार्यक्रमहरुको माध्यमबाट समुदायमा सरकारी तथा गैर सरकारी संघ संस्थाका अत्यावश्यकीय जानकारीहरु तथा सन्देशहरु यथाशक्य छिटो पुर्‍याउनुको साथै बौद्धिकताको विकास गराउने ।
४. विभिन्न चेतनामूलक कार्यक्रमहरु प्रसारण गरी पिछडिएका समुदायको सशक्तिकरण गर्ने, जातिय, क्षेत्रिय, धार्मिक तथा लिङ्गिय भेदभावको अन्त्य गराउने खालको सामाजिक तथा सांस्कृतिक रुपान्तरणमुखी संचार अभियान चलाउने ।
५. विभिन्न प्रगतिशील, चेतनामूलक तथा मनोरञ्जनात्मक गीत संगीतको प्रसारणबाट समुदायको सांस्कृतिक चेतनास्तर उकास्नुको साथै पर्याप्त मनोरन्जन दिलाउन प्रयास गर्ने ।
६. समाजमा व्याप्त भ्रष्टाचार र अनियमितताको अन्त्य तथा सदाचारयुक्त समाजको निर्माणमा योगदान पुर्‍याउने ।
७. बदलिदो आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई संस्थागत गरी नयाँ नेपालको निर्माणमा सूचना संचारको माध्यमबाट अग्रणी योगदान पु¥याउने ।
८. यस क्षेत्रमा देखीयको पर्यटकीय संभावनाको खोजी, प्रचार प्रशार तथा प्रवर्दन गर्ने ।
यसर्थ, रेडियो डोटीलाई विज्ञापन उपलव्ध गराउने व्यापारीक प्रतिष्ठानको समझदारीका आधारमा सौलियत दिने कुरामा हामी प्रतिबद्ध छौं । रेडियो डोटी डोटीका सम्पूर्ण साना मझौला तथा ठूला व्यापारीक प्रतिष्ठान,उद्योग कलकारखानाका सुचना प्रसारण गर्ने भरपर्दो माध्यमका रुपमा प्रस्तुत हुने अभियानमा लागेको छ । त्यसैले रेडियो डोटी संग पनि त्यस निकायबाट सहकार्य गरी पाउ भनि हार्दिक निवेदन गर्दछौ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to Top ↑
  • हाम्रो आवाज Live सुन्नुहोस् !!

  • स्थानीय

  • कार्यक्रमहरू

    1. 02 Malai Dukhda Rune Mann 3:56
    2. Timi bhulma - Amber gurung artist 4:50
  • Find us on Facebook