National no image

Published on August 9th, 2018 | by radiodoti

0

विकासको गति बढाउन सुझाव

साउन २४-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणको गति बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।

यहाँ बुधवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विधेयकहरु चाँडो ल्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “केही विधेयकहरु समय सीमाको हिसाबले असोज २ गतेभित्र आइसक्नुपर्ने हुन्छ । त्यसका लागि हामीले सरकारलाई घच्घच्याइरहेका छौँ ।”

राष्ट्रियसभामा अहिले दुई विधेयक टेबुल भएको जानकारी दिँदै उहाँले ती समय सीमाभित्र पारित हुने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले देशमा शान्तिसुरक्षा कायम हुनुपर्ने तथा सबैले आफ्नो पेशा, व्यवसाय निर्बाध रुपमा गर्न पाउनुपर्ने बताउनुभयो । कुनै पनि समस्या विधि र कानूनसम्मत ढङ्गबाट समाधान गर्नुपर्ने उहाँको भनाइ थियो ।


About the Author



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to Top ↑
  • हाम्रो आवाज Live सुन्नुहोस् !!

  • स्थानीय

  • कार्यक्रमहरू

    1. 02 Malai Dukhda Rune Mann 3:56
    2. Timi bhulma - Amber gurung artist 4:50
  • Find us on Facebook